मलेसियाबाट १७ नेपालीको शव र पाँच अस्तु स्वदेश ल्याइयो
प्रकासित मिति : २०७७ माघ १०, शनिबार १६:४९
प्रकासित समय : १६:४९
काठमाडौँ, मजदुरीका लागि मलेसिया गएका र विभिन्न कारणले ज्यान गुमाएका १७ जना नेपालीको शव नेपाल ल्याइएको छ ।
शव ल्याउन नसकिएका पाँचजनाको भने अस्तु मात्र ल्याइएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण चैतयता शव आउन सकेको थिएन ।
नेपाल एअरलाइन्सबाट त्रिभुवन विमानस्थलमा आफन्तको शव आइपुग्दा परिवारको आँखा ओभानु हुन सकेका थिएनन् ।