नेपालमा थप २३२ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ माघ १०, शनिबार १६:३५
प्रकासित समय : १६:३५
काठमाडौँ, नेपालमा थप २ सय ३२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ३२ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६३ हजार ७३४ संक्रमणमुक्त भएका छन् ।
आजको कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ९४ पुगेको छ । हाल १ सय ४७ जना क्वारेन्टाइनमा छन्।