काठमाडौंमा नेकपाको विरोध प्रदर्शन

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा आह्वान गरेको प्रदर्शन काठमाडौंका विभिन्न स्थानबाट शुरु गर्ने अन्तिम तयारी भएको छ ।

आज प्रदर्शनमा सहभागी हुनेहरूलाई काठमाडौं उपत्यकामा १० वटा स्थानलाई मुख्य आर्कका रुपमा तोकिएको छ । जसअनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्टिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज क्षेत्रबाट जुलुस निकालिने छ । आजको प्रदर्शनमा एक लाख बढी कार्यकर्ता उतार्ने दाबी गरिएको छ ।

तर, प्रदर्शनक तयारीका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् । बिहानैदेखि ट्राफिक प्रहरीलाई सडकमा उतारे पनि जुलुसको तयारीका कारण जाम नियन्त्रण गर्न नसकिएको बताइएको छ ।