जाजरकोटका स्थानीय तहमा चाँडै नमस्ते टेलिफोन सेवा सञ्चालन हुन्छः पुर्व मन्त्री शक्ति बस्नेत
सुर्खेत,जाजरकोट जिल्लाका बिकट स्थानिय तहमा अब चाँडैनै नमस्तेको टेलिफोन सेवा सञ्चालन हुने पुर्व मन्त्री शक्ति बस्नेतले बताएका छन। बिरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कुसे न्युजसँग कुरा गर्दै मन्त्री वस्नेतले नमस्तेको टलिफोन सेवा चाँडैनै सञ्चालन हुने बताएका हुन ।
जाजरकोटको बारकोट , कुसे , जुनिचाँदे , छेडागाड , सिवालय लगायतका बिकट बस्तिमा आजसम्म पनि संचारको असुबिधाको कारण जनता मारमा परिरहेका छन् । तर यथाशीघ्र उक्त सास्तीलाई निर्मुल पार्न अग्रसर रहेको मन्त्री वस्नेतले बताए ।
टावरको काम पुरा भइसकेको र अब तत्काल सञ्चालनमा आउने बताए पनि निच्शित समय बताउन भने आनाकानी गरका थिए । चुनाव भन्दा अगावै गरिएको टेलीफोन सेवा उपलब्धताको प्रतिबद्धता आजसम्म पूरा भएको छैन । अति ढिलासुस्ती पुर्वक उक्त कार्य प्रारम्भ भयो तर त्यसलाई पुर्ण गरेर आफ्ना प्रतिबद्धता पूरा गर्न सक्छन सक्दैनन् त्यो त समयलेनै बताउने छ ।