स्मृतिमा कर्णाली गजल उत्सव

म केही समय अघि लाटिकोइली देखि मंगलगढी चोक सम्म अँध्यारो बाटो हुदै  पुगेको थिए । चोकमा मान्छेहरुको ओहोरदोहोर र बत्ती बलेकै थियो । सबै मान्छे आ-आफ्नै तानामा घर तिर सोझिदै थिए। साँझ परेपछि चराचुरुङ्गीले पनि गुँडको खोजी गर्छन् । आखिर दिन ढलेपछी बत्तीको सहारामा चोकपनि गुलाबी बनी दिदो रहेछ। म एसओएस पुग्दासम्म मंगलगढी चोक र यरी चोकपनि गुलाबी नै देखिन्थे । अलि फरक कर्कस शैलिमा कोलाहलमय रुपले गुलाबी देखिनु फरक पाटो हो ।मनै लोभाउने गुलाबी रंगिन रातहरु जिवनमा थोरै प्राप्त हुन्छन् । बत्तीको उज्यालोमा झिलिमिली देखिने सहरपनि मान्छेको चहल पहल बिना उराठ र सुनसान भइदिन्छ। रातभर ननिदाउने रेलबे प्यलेटफर्म उज्यालोले चकमन्र हुन्छ तर रेलको कर्कस आवाज र मान्छेहरुको भिडभाडले त्यतिकै उदेक लाग्दोपनि हुन्छ । एक यायबरलाई त्यस स्थानबाट निक्लेर गन्तव्य छिचोल्न हतार हुन्छ । भिडभाड र उज्यालोको रोसनिले झिलिमिली भएरपनि सबै अधेरा रातहरु गुलाबी रात हुदैनन् । गुलाबी हसिन रंगिन रात हुनुमा एक मापदण्ड छ त्यही मापदण्ड अनुरुप नै हुनै पर्छ।

मकर संक्रान्ति माघ १ गते सुर्खेत एसओएस हर्मन माइनर विद्यालय कालागाउँ सुर्खेतको गेटमा आफ्नो युनिफर्ममा ठिङ्ग उभिएर चौकिदार दाई डिउटिमा खटिनु भएको थियो । चौकिदारले सिट्टि फुक्दै म चढेको बाइकलाई उत्तरतिर अलि खुल्ला फराकिलो सडकमा पार्किङ गर्ने इशारा गर्नुभयो मैले पनि उहाँले इशारा गरि देखाएको ठाउँमा बाइक पार्किङ गरे । बझाङका गजलकार भाइ हरिश जोशी र मैले प्रबेश गर्यौ कार्यक्रम स्थान तर्फ । यसो लाग्थ्यो एओएस हर्मन माइनर विद्यालय भित्र कसैको शुभ-विबाह हुदैछ । हामी दुलाह दुलहिको रात्री भोजमा सरिक हुदैछौं ।

मान्छेहरुको बाक्लो भिड जम्मा भइसकेको थियो । दिपावली झै सजाइएको झिलिमिली लहरे लाइटको मधुर रोशनीमा झुण्ड झुण्डमा बसेर खासखुश खासखुश कानेखुसी गर्दै कुरा गरिरहेका पनि थिए मान्छेहरु । जंगलको नजिक पर्ने हुदा जाडोले धेरै सताउछ कि भन्ने मनमा डर थियोे । लाटिकोइलिमा जाडो अलि धेरै नै हुन्छ । किन भने लाटिकोइली खुल्ला र फराकिलो ठाउँमा छ । खुल्ला ठाउँमा हावाको ओहोर दोहोर बढी भइरहन्छ । माथि गोठिकाँडाबाट हुत्तिएर आउने हावाको सिधा बहाव कोठामा पर्ने भएर पनि लाटिकोइलीमा चिसोको अनुभूति बढी हुन्छ मलाई ।

चिसोका कारण निमोनिया हुने भएकोले पनि अक्सर म निमोनिया बाट वच्न र चिसोबाट छेलिन अलि बढी कोशिस गर्छु । धेरै बाक्ला रुखहरु भएको ठाउँमा जाडो धेरै होला भन्ने लागेको थियो । ठिक त्यस्को उल्टो घना रुखविरुवा भएको ठाउँमा हावा राति नचल्दो रहेछ चिसो मौसममा  खासै जाडो लागेन एसओएस भित्र छिरीसकेपछि । जीवन एक खुल्ला किताब हो भोगाइले नै जिवनमा सबै चिज सिक्ने सिकाउने गराउँछ । गजलकार सुदामा ऋषि र मेरो दिउँसो फोनबाट कुरा हुँदा आज बहुत जाडो हुन्छ होला है भन्दै एक आपसमा कुरा सेयर गरिरहेका थियौं । सुदामा जी बाक्लै कपडा लगाएर जानू भएको थियो ।

बाहिर भेट हुँदा उहाँको कपडा रामरी छामेको पनि थिए मैले । एसओएस भित्र नेपाली बिषयका शिक्षक,अब्बल गजलकार , सन्चारकर्मी , कवि जे भनेर सम्बोधन गरे पनि फिक्का पर्न जान्छ, मेरा अन्नय मित्र महेन्द्र चन्द महासागर जी जागिर गर्नु हुन्छ । उहाँसंग बेलाबखत भेट हुँदा कुरा हुन्थ्यो जाडोकै बारेमा । उहाँ तपाईंहरुलाई त्यति जाडो लाग्दैन । तपाईंहरुको बसाइँ अलि भित्रपट्टि हुन्छ । जाडो बाहिर दर्शक दिर्घामा बसेका दर्शकहरुलाई अलि चाई लाग्ला कि ? भनेर उहाँ कुरा टार्नु हुन्थ्यो । अहिले थाहा पाउँछु त्यसको मतलब रहेछ जाडो त्यति हुदैन । उहाँको कुरामा झुन्डियर आएको चाई र कि को अर्थ त्यही रहेछ ।

कार्यक्रम सुरु गर्नुपुर्व स्कुलको गेट बन्द गर्नुपर्ने भएकाले कार्यक्रम निर्धारित समय भन्दा साढे छ मिनेट ढिला शुरु भएको थियो । यसलाई समयको खासै अन्तर मान्न सकिँदैन । समय फिक्स निर्धारण गरिएका कार्यक्रमहरु कुर्दा कुर्दै अबेर समयपछि कार्यक्रम सन्चालन भएका तमाम घटना भोग्दै आएका छौं । हामी त्यस्ता कार्यक्रमका सारथि दर्जनौ पटक भइसकेको कुरा नौलो होइन । पट्यार लाग्दो समयपछि कार्यक्रम सकेर घरतिर रमाएरै गएका कहानीको लेखाजोखा छुट्टै छ । निर्धारित समयमा शुरुभइ कार्यक्रम समापन गर्न हाइ काट्दै बिताएका पलहरु पनि अनगिन्ती छन् ।आयोजकले नेपाली समय न हो के गर्नु ? यस्तै हो नेपाली समय भनेर झारो टारेर बिषयान्तर गरेका असंख्य उदाहरणहरु छन् स्मृतिमा ।

ढिलो गरि कार्यक्रम सन्चालन गरेर नेपाली समय भनेर समयको धज्जिया उडाउने आयोजकलाई भने एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले गतिलो पाठ पढाएको छ । कार्यक्रम स्थल हेर्दा सधै कायम रहिरहनको लागि सजिएको हुनुपर्छ झै लाग्थ्यो , एक दिनको लागि कार्यक्रम स्थल सजाएर भोलि सजाईएका बस्तुहरुलाई निकाल्नु मनखद लाग्दो नै थियो । कोरोनाको असर लाई ख्याल गर्दै समाजिक दुरी कायम गरेर चटईहरु बिच्छाइएका थिए । माहोल रंगिन थियो रात गुलाबी थियो । मान्छेको हुल धेरै भएपनि मंगलगढी चोक र यरी चोकको जस्तो कर्कस वातावरण थिएन।

साहित्यिक अनुष्ठान मण्डपमा सजाइएका बत्तिहरुको प्रकाशले दर्शकदिर्गामा बसेका दर्शकहरुको अनुहार पनि सुन्दर लाग्थ्यो। सजिएर बरियातमा दुलहि लिन जाने जन्तीहरुको झै सप्तरंगी बिजुलीको रोसनिले रातले श्रङ्गार गरेको छ झै लाग्थ्यो । बाहिर तिर हेर्दा जुनकिरै झै चमचम मधुर रोसनिमा चम्किदै थिए बाहिर पट्टि सजाइएका लहरे बत्तीहरु हिन्दु परमपरा अनुसार जहाँ कुनै रंगको अस्तित्व हुदैन शून्य हुन्छ,अँध्यारो मात्रै हुन्छ । त्यसलाई कालो भनिन्छ कालो सुरुवातीको बिम्ब हो, कालो रंगलाई अन्धकारको प्रतीक पनि मानिन्छ । मान्छेको जीवन पनि शून्यबाट अर्थात कालोबाटै शुरु हुन्छ र अन्त पनि कालो कोइला भएर सकिन्छ । कालोले धेरै चिजको प्रतिबिम्ब गर्छ । यस मानेमा कालो रंगलाइ संघर्षको रंग भनेर पनि बुझिन्छ ।

सबै मान्छेको जीवन संघर्ष पुर्ण छ । मान्छे कुनै न कुनै संघर्ष गरेर अहिले आईपुगेको ठाउँ सम्म उ आईपुगेको छ । हाम्रो बच्चालाई जिवनको उज्यालो बाटो तिर डोराइरहदा हामी श्रीपन्चमी को दिन कुरेर बस्छौ । सरस्वती माताको पुजा पश्चात अनि बच्चालाई कालो पाटीमा सेता, राता , पहेला र हरिया रंगका चकहरुको प्रयोग गरेर रंगिन दुनिया तर्फ बढ्न क ,ख , ग र १,२,३ अक्षरहरु लेख्न सिकाउदै जीवनको रंगिन दुनियन तर्फ अघि बढ्न अभिप्रेरित गरि रहेका हुन्छौं । एसओएस सुर्खेत अनाथ अबोध बच्चादेखि हरेक विद्यार्थीको लागि कालो पाटी त हो नै । आज कर्णाली प्रदेश बासी साहित्यकारहरुको लागि कालो पार्टी बनेर सृर्जनाका फुलहरु पस्किने अवसर प्रदान गर्दै थियो । अवसर प्रदान गर्नुहुने जगदिश ढकाल सरको प्रशंसा जति गरेपनि शब्दमा कमै हुन्छ ।

गैर साहित्यिक संस्थाले मक्कर संक्रान्तितिक अवसर पारेर साहित्यिक कार्यक्रम गर्नु अतुलनिय काम हो सबैले खुलेर प्रशंसा गर्नुपर्दछ । कसैले नाक खुम्चाउनु पर्दैन यसो त जगदिश सरले सुर्खेती साहित्यको ५० ईन्च को छाति ५६ ईन्च बनाई दिनु भएको होकी मलाइ आभाष भएको छ । कार्यक्रमका प्रमुख अतिथि डा नवराज लम्साल दाजुको आगमनको प्रतिक्षामा सबै कुरी बसेका थियौ । एसओएसको मन्चमा घोसित गजलकारहरुको अग्नि परिक्षाहुदै छ । को पास हुन्छन् को फेल थाह छैन । साहित्यिक कार्यक्रममा पास फेल हुनुको अर्थ हो तालि ,वाह वाह र हुटिङ्ग पाउनु अर्थात मोहोल लाई स्थिर राख्नु ।

यही कुराले मन भित्रको आगो ब्रकरेखाको आकृती लिएर छाति भुठभुटी रहेको थियो । कार्यक्रम सन्चालक महेन्द्र चन्द महासगर ज्युले ऋषि सुदामा, कृष्ण विरही, सरस्वती पन्त,सीता यरी, भरतप्रमोद दाहाल, पुनम धमला , पहल असिम थापा , महेश के भट्टराई , ज्ञानेन्द्र बहादुर सिंह र पंतिकारको नाम उच्चारण गरेर सुर्खेतका प्रतिष्ठित मान्छेको अघि अनि भव्य कार्यक्रमको आकर्षणको रुपमा मन्चमा आसन ग्रहण गर्न अनुरोध गर्नुभयो ।  त्यस लगतै तालिको गडगडाहट बिचमा कार्यक्रमका प्रमुख अतिथी डा नवराज लम्साल दाजु र उहाकी जीवन संगिनी भाउजुलाई आसन ग्रहण गराउनु भयो । पानसमा दिप प्रज्वलन बालेर कार्यक्रमको शुभ मुहर्त पनि भयो ।

यो भन्दा मेरो लागि ठूलो सौभाग्य के नै हुन्छ ? मैले आमा र बुवा लाई भित्र भित्रै दण्डबत प्रणाम पनि गरे । यो मन्चमा उभ्याउन एक रोलको पात्र मेरा आमा बापनि हुन । चिसोले गम खायो मान्छे शालिक झै बनेर कार्यक्रममा बसेर सुनिरहे गजलकारहरुले गजलका शेरहरु बाट आगो जलाई दिए। गजलको आगोलाई निभ्न नदिन दर्शकले तालि बजाईरहे । माहोल निकै सुन्दर बन्दै गय‍‍ो । अतिथि सत्कारमा जुट्नु भएका ललित सिंजाली सरको स्वागत न्यानो थियो । उहाँको अघि घुमिफिरी आउने चिया कफि पनि फिक्का पर्थे । उहाँ सुर्खेती एक होनहार संगितकार पनि हो । उहाँले संगित गरेका गितको लालित्यता फरक छ । स्रष्टाहरुलाइ सम्मान सहित मन्चमा बस्नको लागि दुइहात देखाएर बस्न अनुरोध गरिएको दृश्यमा पनि लालित्य रस मिसिएको छ कि भन्ने भान हुन्थ्यो ।

मन्चको पहिलो ड्यासमा प्राचार्य जगदिश सर बस्नु भएकोले मेरा र उहाँका आँखा बेला बेलाबेलामा एकआपसमा ठोक्कीरहन्थे । बोल्ने अवसर नजुरे पनि हामी नजर चलाएर बोली रहेका छौ । यही महसुस हुन्थ्यो । गजलका सेरमा तालि ठोक्ने बानि सरको गजबको थियो । बडो लौह अनुसान पुर्वक एसओएसका बहिनीहरुले कहिले कफी, कहिले चिया, कहिलेमाघी विशेष परिकार, कहिले तातो पानीदेखि कहि चिसो पानीसम्म दर्शक देखि गजलकारसम्म पुराएर सेवामा समर्पित भईरहेको दृष्य काबिला तारिफ योग्य छैन । वाह कर्णाली गजल उत्सव ।

कार्यक्रम तीन घण्टाभित्र सक्ने निर्धारण गरिएको थियो तर समय जति घर्किदै गयो रात त्यति गुलाबी र रंगिन हुँदै गयो । माहोल झन बेहद सुन्दर हुँदैगयो । पुस माघको रात यसै पनि लामा हुन्छन् । मान्छे निदाउछन् पनि छिटै तर कार्यक्रममा उपस्थित महानुभावको चेहरामा निदको असरले कोही पनि झोक्राएको पाइएन । सबै दर्शकहरु गजल नसुनेका नवीन चेहराहरु थिए तर ती चेहरामा गजलको रौनक्ता अलग थियो । बिशुद्ध साहित्यकारहरुको हातबाट ताली र वाहवाही पाउनु भन्दा गैर साहित्यकार श्रोताहरुको तालिले अझै मन प्रफुल्ल बनाउदो रहेछ,भिन्न किसिमको अनुभुती हुदोरहेछ ।

सुर्खेती साहित्यको फाँटलाई फराकिलो बनाउन जुन गैर साहित्यिक संस्था एसओएस विद्यालय सुर्खेतले गरेको योगदान अजर अमर रहने कुरामा दुइमत छैन । साथै यस संस्थाले गरेको कार्यको भोलि अरु संस्थाहरुले पनि ढिलो चाडो सिको गर्ने कुरामा संका छैन। कार्यक्रम पत्यार लाग्दापनि हुन्छन् कतिबेला सकिन्छ र कतिबेला घर जाउला भन्ने पनि लाग्छ । कार्यक्रममा तर यस्तो आभाष कसैलाई भएन निर्धारित समय भन्दा एक घण्टा पर गएपनि समय घेरै छोटो लाग्यो। प्रमुख अतिथी डा नवराज लम्साल दाजुको मन्तव्यले सबैको मन छोयो उहाँका गम्भीर तर्क र ओजपुर्ण कुराले देश दुनियाँ सबैलाई सोच्न बाध्य बनाई रहेको थियो ।

नेताको भाषण सुनीसुनि कानको शक्ति बर्बाद बनाएका यिनै बोधा कान एकपटक फेरि नवराज दाजुको मुखारबिन्दुबाट देश, दुनियाँ र समाजको कथा सुन्न यी बोधा कान उद्द्त थिए । अर्थात उपस्थित दर्शक दिर्घा एक पटक पुनः रातै भरी डा नवराज लम्साल दाजुको प्रवचन सुन्नको लागि शालिक झै अटल भएर सुनिरहेका थिए । दर्शकले प्रवचन सुन्दा सुन्दै कार्यक्रम सकिएको पत्तै पाएनन् , कर्णाली गजल उत्सव खुब भयो बहुत भयो, क्या गज्जब भयो र स्मृतिका पानामा अजर अमर बनेर रहिरहनेछ ।