भारतले दिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौं, भारत सरकारले अनुदानस्वरुप दिएको १० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ ।

खोप बोकेको एयर इन्डियाको विमान बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

उक्त खोप पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने सरकारको तयारी रहेको छ ।