नेपाली लोकगीतमा प्रगतिशीलता विषयक अन्तक्रियात्मक गोष्ठि हुँदै

सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेपाली लोकगीतमा प्रगतिशीलता भन्ने विषयमा अन्तक्रियात्मक विचार गोष्ठि हुने भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा र हर्कबहादुर शाही स्मृति फउण्डेसनको सह-आयोजनामा २०७७ माघ ९ गतेका दिन सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिद्धार्थ बहुउद्देश्यीय सहकारीको सभाहलमा उक्त विचार गोष्ठि  हुने भएको हो ।

साे विचार गोष्ठीमा प्राध्यापक डा. ताराकान्त पाण्डे, सहप्राध्यापक डा. मधुसुदन गिरीले कार्यपत्र प्रस्तुत गर्ने र प्राध्यापक डा. जगदीशचन्द्र भण्डारी र पुर्व क्याम्पस प्रमुख महेन्द्र गिरीले टिप्पणीकारको भुमिका निभाउने कार्यक्रम रहेको छ । विचार गोष्ठी कार्यक्रममा हिरामणि दुखी,साहित्यकार एमपि पाण्डे,साहित्यकार मित्रलाल पंगेनी लगायतको अग्रज व्यक्तिहरुको उपस्थिती रहने हर्कबहादुर शाही स्मृति फाउण्डेसनका अध्यक्ष दिपक बहादुर शाहीले जानकारी दिएका छन् ।

अध्यक्ष शाहीका अनुसार विचार गोष्ठीमा प्रगतिशील गीत,गजल,कविता,निबन्ध लगायत प्रगतिशील साहित्यका विभिन्न विधाहरुमा नयाँ इच्छुक ब्यक्तिहरुलाई प्रस्तुती राख्न समेत समय दिईने बताए । अध्यक्ष शाहीले भने यहि समाचारलाई आधारमानी सम्पुर्ण इच्छुक प्रगतिशिल साहित्यकार तथा अन्य सम्पुर्ण सुभचिन्तकहरुलाई उपस्थितीको लागि अनुरोध समेत गरेका छन् ।

 नेपाली साहित्यको क्षेत्रमा कर्णाली प्रदेशमा यस्ता कार्यक्रमहरु बिरलै हुने गरेका छन् । कर्णाली प्रदेशमा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि यो सुनौलो अवसर समेत रहेको छ ।