युवाले सडकमै चलाए नमुना संसद्

काठमाडौं, प्रतिनिधिसभाको विघटनको विरोधमा युवाहरूले सडकमै नमुना संसद् चलाएका छन्। बुधबार बिहान पद्मोदय मोडमा युवाहरुले नमुना संसदको रुपमा सडकमा राष्ट्रियसभाको बैठक राखी सांकेतिक विरोध गरेका हुन्।

६ दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानसभाले बनाएको संविधानको मूलमर्म भनेकै सुधारिएको संसदीय व्यवस्था रहेको भन्दै युवाहरूले संविधान बचाउनु हामी सबैको कर्तव्य रहेको बताएका छन् ।

प्रतिनिधिसभाको विघटनको विरोधमा (नमुना संसद) सडकमा हुने राष्ट्रियसभाको बैठकको आयोजना गरेको सहभागी युवाले जनाएका छन्।