गायक रत्न बाँनियाको निधन

काठमाडौं, गायक रत्न बाँनियाको निधन भएको छ । मिर्गौलाको रोगले पीडित बाँनियाको बुधबार बिहान ३ बजे चाबहिलस्थित ॐ अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

बानियाँले नेपाली गीतसंगीतको क्षेत्रमा लामो समय योगदान दिएका छन् । उनका ‘लडाईंको लाहुरे, पानमा सुपारी, बिन्ती छ निष्ठुरी, यति राम्रो झिल्के, स्याङ्जा दहथुम लगायतका गीत चर्चित छन् ।

बाँनियाका श्रीमती, दुई छोरा र एक छोरी रहेकी छन् ।