ललिता निवास प्रकरणको मुख्य दोषी माधव नेपाल हुन्ः कर्णबहादुर थापा

काठमाडौं, नेकपा ओली पक्षका सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले नेकपाका अध्यक्ष माधव नेपाल छिट्टै जेल जाने बताएका छन् ।

बझाङमा मंगलबार आयोजित ओली पक्षको जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको शपथ ग्रहण कार्यक्रममा थापाले यस्तो कुरा बताएका हुन् । 

बालुवाटारस्थित ललिता निवास प्रकरणको प्रसंग कोट्याउँदै थापाले भने, ‘हेर्नुहोला माधव नेपाल छिट्टै जेल जाने वाला छन्, त्यही काम गरेका दीप बस्न्यान जेल जाने, गच्छदार दोषी हुने अनि माधव नेपाल किन नजाने ? नेपाल उक्त प्रकरणमा मुख्य दोषी रहेको थापाको भनाइ छ ।