केपी ओली प्रतिगमनका प्रतिक हुन्ः माधव नेपाल

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ मात्रै भएको भन्नुपर्ने नत्र पद छाड्नुपर्ने जनाएका छन् । काठमाडौंमा आयोजित प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली गणतन्त्र र संघीयता विरोधी भएको बताएका छन् । कुनै भ्रममा नपर्नुस् केपी ओली प्रतिगमनका प्रतिक हुन् । अग्रगमनका होइनन् । उनको एकलवाद, अहंकार, दम्भी र संवैधानिक कदमका विरुद्ध सिंगो देश आन्दोलित छ’, नेपालले भने ।

उनले संसद् विघटन भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको हैसियत के हो रु भनेर प्रश्न गरेका छन् । ‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि उहाँको हैसियत के रु हामीले त यो संसद् विघटन मानेकै छैनौँ’, अध्यक्ष नेपालले भने । उनले ओलीलाई कि कामचलाउ प्रधानमन्त्री भन्न कि कुर्सी छोड्न चेतावनी पनि दिए । ‘कि काम चलाउ भन्नुस् कि अहिल्यै कुर्सी छोड्नुस्’ नेपालको भनाइ छ, तर उहाँ छोड्नुहुन्न । भर्याङ बनाउनुहुन्छ । पार्टी, म र प्रचण्डलाई पनि भर्याङ बनाउनुभयो । केपी ओलीमा चरम व्यक्तिवाद छ ।

ओलीले नेताहरुलाई जालसाझी गरेर झुक्याउने गरेको नेपालको भनाइ छ । अर्को प्रसंगमा नेपालले आफू ओरिजिनल एमाले भएको बताए ।‘ओरिजिनल एमाले म माधव नेपाल हो, केपी ओली होइन’, उनले भने, ‘मैले १५ वर्ष पार्टी चलाएको हो । मुल लिडरसिप बोकेको हो । पछि आएका केपी ओलीले आफ्नो स्वार्थ लागि पार्टी भत्काउने काम गरेका हुन् । त्यसकारण मुल एमाले म हुँ । उनले विश्वासको जगमा प्रचण्ड र आफू अगाडि बढेको बताएका छन्। यो सहकार्य ४० वर्षदेखि भएको नेपालको भनाइ थियो।