मृगलाई हानेको बन्दुक लागेर एक महिला घाइते
प्रकासित मिति : २०७७ माघ ६, मंगलवार १३:३०
प्रकासित समय : १३:३०
रोल्पा, रोल्पा नगरपालिका-९ फाल्जा बस्ने ४५ वर्षीया बरु पुन मगर छिमेकीले भरुवा बन्दुक पड्काउँदा लागेर सोमबार दिउँसो गम्भीर घाइते भएकी छन् ।
सोही ठाउँ बस्ने ३७ वर्षीय हस्त बहादुर पुन मगरले मृगलाई पड्काएको भरुवा बन्दुक मृगलाई नलागी जंगलबाट बाख्रा चराएर घर फर्किँदै गरेकी बरु पुन लाई लाग्दा घाइते भएकी हुन् । खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले हस्त बहादुरलाई पक्राउ गरेको छ ।
गम्भीर घाइते भएकी बरू पुनलाई जिल्ला अस्पताल रेउघा हुँदै थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।