प्रदेश १ मा प्रचण्ड-माधव पक्षले बोलायो संसदीय दलको बैठक
प्रकासित मिति : २०७७ माघ ६, मंगलवार १२:४७
प्रकासित समय : १२:४७
काठमाडौं, प्रदेश नम्बरमा १ मा नेकपाको प्रचण्ड–माधव पक्षले संसदीय दलको बैठक डाकेको छ । बैठक मंगलबार दिउँसो १ बजे होटल एसियाटिकमा तय गरिएको हो ।
बुधबार प्रदेशसभा बैठक बस्ने भएको छ । त्यसअघि नेकपाको बहुमत पक्षको संसदीय दलको बैठक बस्न लागेको हो । यसअघि प्रचण्ड माधव पक्षले मुख्यमन्त्री समेत रहेका दलका नेता शेरधन राईलाई हटाएर भिम आचार्यलाई चयन गरिसकेको छ ।
प्रदेश सभा बैठकमा नेकपाको बहुमत पक्षले प्रदेशका मुख्यमन्त्री राईविरुद्ध दर्ता गरको अविस्वासको प्रस्ताव निणर्याथ प्रस्तुत गर्ने तयारी छ ।