बालविवाह गर्ने चारजना प्रहरी नियन्त्रणमा
प्रकासित मिति : २०७७ माघ ६, मंगलवार १२:४४
प्रकासित समय : १२:४४
सप्तरी, बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । हनुमाननगर कंकालिनि नगरपालिका-१४ रामपुरमा बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका-३ बस्ने बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा रहेका छन् ।
उक्त ठाउँमा बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।