काठमाडौंमा जलेर एक वृद्धको मृत्यु
प्रकासित मिति : २०७७ माघ ६, मंगलवार ११:१३
प्रकासित समय : ११:१३
काठमाडौं, काठमाडौं कलंकीस्थित खड्का गाउँमा एकजना बृद्धको आज विहान जलेर निधन भएको छ। राति हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको विद्युत् सर्ट भएर आगलागी हुदा जलेर निधन भएको हो ।
आफ्नै घरको कोठामा जलेको अवस्थामा खड्काको शव भेटिएको बोहराले बताए। परिवारका सदस्यले जलेको गन्ध आएपछि मात्रै आगलागी भएको थाहा पाएका थिए।
त्यतिबेला खड्काको मृत्यु भइसकेपछि परिवारले प्रहरीलाई खबर गरेका डिएसपी बोहोराले बताएका छन् ।