नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ माघ ५, सोमबार १६:२९
प्रकासित समय : १६:२९
काठमाडौँ, नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३२२ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।पछिल्लो २४ घण्टामा ३७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६१ हजार ८१८ संक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ६५ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको छ ।