ओलीले पार्टीको निर्णय नमानेपछि संकट आयोः प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको विवाद पदको लागि नभएको जनाएका छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो कुरा बताएका हुन् ।

अहिले पार्टीभित्रको विवादलाई लिएर पदसँग जोडिएर हेर्ने गरिएको छ। तर, यो विवाद पदको लागि होइन। विधि र विधानको मात्रै हो प्रचण्डले भने, प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमानेर संकटको अवस्था आएको हो ।

अध्यक्ष प्रचण्डले एकतापछि ओलीले फुटपरस्त गतिविधि बढाएको र कालान्तरमा संसद्कै हत्या गर्न अग्रसर हुने ओली प्रवृत्तिलाई चिन्नुपर्ने पनि बताए । उनले केही नेता–कार्यकर्ता अहिले पनि ओलीको भ्रममा परेको बताउँदै उनीहरू फर्कने विश्वास पनि व्यक्त गरे ।