अनेमसंघको दोस्रो पूर्ण बैठक सुरु

काठमाडौं, नेकपा प्रचण्ड-नेपाल पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्रम केहीबेर अघिबाट थापागाँउस्थित काठमाडौं व्याङ्केटमा सुरु भएको हो ।कार्यक्रममा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका शिर्ष नेताहरु सहभागी छन् ।कार्यक्रममा पछिल्लो समय विकसित राजनीतिक घटनालाई मध्यनजर गर्दै आगामी कदमका लागि अध्यक्षद्वयले नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिनेछन् ।

साथै, प्रचण्ड( माधव पक्षले माघ ) गते काठमाडौंमा आयोजना गरेको बृहत् प्रदर्शन र अन्य आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिने बताइएको छ ।