काठमाडौंमा एटिएम फुटाएर चोरी गर्न खोज्ने एक पक्राउ

काठमाडौं, काठमाडौंको ठुलोभर्‍याङ्गमा एटिएम मेसिन फुटाएर पैसा चोरी गर्न खोज्ने एक जना पक्राउ परेका छन् । 

नागार्जुन नगरपालिका-२ ठुलोभर्‍याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने वैतडी महादेवस्थान गाउँपालिका-५ घर भएका २८ वर्षीय कमल बहादुर धानुकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त कार्यमा संलग्न उनकै साथी फरार रहेकोले प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।