महादेव भीरमा टिपर दुर्घटना

सोलुखुम्बु , सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सीमानास्थित महादेव भिरमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

आइतबार राति करिब ११ः३० बजे बा ४ ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौंडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले बताएका छन् ।हेटौंडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ । दूधकोशी सोलुखोला ८६ मेगावाट जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको उक्त आइचर भिरबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।सोलु जलविद्युत् आयोजना ९२३।५ मेगावाट०मा निर्माण प्रयोग भएका सामग्री निमाणाधीन ९८६ मेगावाट० दूधकोशी सोलु खोला जलविद्युत् आयोजनामा लैजाने क्रममा महादेव भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ । सामग्री ढुवानीका लागि तिङलाबाटै पञ्चन निस्कन मिल्ने मार्ग भए पनि सल्यानतर्फ किन लागे भन्ने कारण भने खुल्न सकेको छैन ।