संगीतकार गणेश परियारको निधन

काठमाडौं, संगीतकार एवं वाद्यवादक गणेश परियारको ७६ वर्षको उमेरमा निधन भएको छ।

छातीमा खराबी देखिएपछि उपचारका लागि ओम अस्पताल भर्ना भएका संगीतकार परियारको हिजो उपचारका क्रममा निधन भएको हो।

रेडियो नेपालमा दुई दशकभन्दा बढी सेवा गरेका थिए। उनले संगीत दिएका थुप्रै गीतहरु चर्चित छन्।