एचआइभी एड्सबाट एकै परिवारका तिन व्यक्तिको मृत्यु
सप्तरी, सप्तरीको राजविराजमा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका १ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । एउटै परिवारमा एचआइभी एड्सबाट मृत्यु हुने अमैया तेस्रो व्यक्ति हुन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा झाका अनुसार वि स २०६८ बैशाख १ गते एचाआइभी एड्सबाट आमाको मृत्यु भएको तीन दिनपछि बुबाको समेत सोही कारणले मृत्यु भएको थियो । एचआइभी एड्सको लक्षण देखिएकी किशोरीलाई स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि अमैयाका आफन्तले उनलाई दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।
नौं वर्षअघि एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको समेत सोही कारणले मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताएका छन् । मृतक अमैयाका १२ वर्षीय भाईसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधी खाने गरेको पारिवारीक श्रोतले बताएको छ ।