हुम्लामा नेकपाका दुई समूहबीच कुटाकुट
प्रकासित मिति : २०७७ माघ ५, सोमबार १४:३१
प्रकासित समय : १४:३१
हुम्ला, प्रतिनिधिसभा विघटन भएसँगै विभाजित सत्तारूढ नेकपाका ओली र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडप हुन थालेको छ । समानन्तर बैठक र एकाअर्काविरूद्ध कारबाही गर्दै अघि बढ्न थालेको नेकपामा स्थानीइ तहमा झडप हुन थालेको हो ।
हुम्लाको अदानचुली गाउँपालिमा वडा कमिटी पुर्गठन गरेको विषयमा नेकपाका दुई समूहबीच कुटाकुट भएको छ ।अदानचुलीको १ नम्बर वडाको कमिटी पुनर्गठन गरेर फर्कने क्रममा ओली पक्षका वडाध्यक्ष रंग थापामाथि अर्को पक्षले आक्रमण गरेको छ
वडा कमिटी गठन गरेर फर्कने क्रममा दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएका गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।थापाको टाउको र मुखमा चोट लागेको छ। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।