मलाई लाठी खान मन छः प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण आफूहरु सडकमा आउन बाध्य भएको बताएका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘आक्रमक’ आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन समेत दिएका छन् ।

प्रचण्डले यस्तो बेला संविधान जोगाउन आफू सडकमा उत्रन तयार भएको र लाठी खान तयार रहेको उल्लेख गरे।‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो । आक्रामक हुनुपर्‍यो । बाघ र सिंह गर्जिए जस्तो हुनुपर्‍यो । प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्‍यो ।’ प्रचण्डले भने, ‘मलाई यो पटक लाठी खान मन छ। किन किन मेरो टाउको चिलाको छ।

प्रचण्डले आफूहरु ओलीमाथि जाइ लाग्न चाहेकोले लाठी खानुपर्ने अवस्था आउनेसमेत बताए। ओलीमाथि जाइ लाग्न चाहेका छौं। गणतन्त्रको आन्दोलनका बेला केपी ओली रुँदै थिए। गणतन्त्र आउन हुदैन भनेर। प्रचण्डले भने । ओली लम्पसारवादी भएकोले आक्रामक हुनु जरुरी रहेको उनको भनाई थियो। प्रचण्डले प्रतिगमनलाई परास्त गर्न सम्पूर्ण शक्ति लगाउन आग्रह गरे।