प्रतिनिधि सभा विघटनको मुद्दा हेर्दाहेर्दैमा
प्रकासित मिति : २०७७ माघ ४, आईतवार १६:४१
प्रकासित समय : १६:४१
काठमाडौं, प्रतिनिधिसभा विघटन विरुद्ध दायर भएका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। सोमबार पुनः सुनुवाइ हुने भएको छ।
आइतबार भएको बहसमा सुनील पोखरेल, भीमार्जुन आचार्य, सन्तोष भण्डारी र बद्रीराज भट्टले बहस गरेका थिए। उनीहरूले रिट निवेदकका तर्फबाट बहस गरेका थिए ।
पुस ५ गते भएको प्रतिनिधिसभा विघटन विरुद्ध एक दर्जनभन्दा बढी रिट सर्वोच्चमा परेका छन्। सर्वोच्चमा मुद्दा विचाराधीन छ। उक्त मुद्दाबारे आजदेखि निरन्तर सुनुवाइ सुरू भएको थियो।