नेपालमा थप २६६ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ माघ ४, आईतवार १६:२९
प्रकासित समय : १६:२९
काठमाडौँ, नेपालमा थप २६६ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २६६ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४०० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६१ हजार ४४४ संक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ५९ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको छ ।