ओलीले ज्ञानेन्द्र र मण्डलेको बाटो समातेः झलनाथ खनाल
प्रकासित मिति : २०७७ माघ ४, आईतवार १६:२६
प्रकासित समय : १६:२६
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र र मण्डलेहरुको बाटो हिडेको बताएका छन् ।
राजधानीमा अनेरास्ववियुले गरेको भेलालाई सम्बोधन गर्दै नेता खनालले यस्तो कुरा बताएका हुन् ।उनले ओलीको प्रतिगामी कदमविरुद्ध सबै एकजुट हुनुपर्ने बताएका छन् ।
ओली अब कमरेड नभएको उनले टिप्पणी गरे । ओली अब कमरेड होइनन् । प्रतिक्रान्तिकारी हुन् । उनले जनमतको अपमान गरेका छन् ।