देशभक्त जनगणतान्त्रिक मोर्चाले बिप्लव नेता बास्तोला लगायतलाई रिहाई गर्न माग

सुर्खेत, बिप्लव समुहका नेता धर्मेन्द बास्तोला लगायत नेता कार्यकर्तालाई अबिलम्व रिहाई गरि बार्ताको पहल गर्न माग गरेको छ । आईतबार  देशभक्त जनगणतान्त्रिक मोर्चा कर्णाली प्रदेश समितिका संयोजक दिपक शाहीद्धारा जारी बिज्ञप्तिमा उक्त माग राखिएको हो ।

  बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालयका नेता बास्तोला लगायत चार जनालाई गिरफ्तार गरि सरकारले दमनको नीति प्रदर्सन गरेको कुरा उल्लेख गर्दै मोर्चाले एउटा राजनैतिक पार्टी माथी प्रतिबन्ध लगाउदै निरन्तर नेता कार्यकर्ता माथी गरिएको धरपकट र दुर्व्यवहार मानव अधिकार बिपरित भएकोले प्रतिबन्ध हटाउन माग गर्दै फासिबासी सैलिको घोर भत्सर्ना समेत गरेको छ ।

पुस नौ गते अपरान्ह बिप्लव नेतृत्वका नेता बास्तोला लगायत चार जनालाई ललितपुरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

                                                            बिज्ञप्ति