नेपालमा कोरोना खोप ल्याउन दुई विदेशी कम्पनीले दिए आवेदन
प्रकासित मिति : २०७७ माघ ४, आईतवार १३:४५
प्रकासित समय : १३:४५
काठमाडौं, नेपालमा कोरोनाभाइरसविरुद्धको खोप ल्याउन थप दुई खोप उत्पादक कम्पनीले आवेदन दिएका छन् । औषधि व्यवस्था विभागका अनुसार भारतमा निर्माण भैरहेको भारतीय संस्करण बायेटेक र चीनको सिनोर्फामले नेपालमा खोप ल्याउन आवेदन दिएका हुन् ।
आवेदन आएपछि विभागले कम्पनीको योग्यता, खोपको प्रभावकारिता र प्रतिडोज मूल्यलगायतको विषयमा छलफल गरिरहेको जनाएको छ ।विभागले बुधबार सूचना जारी गर्दै कोरोना खोप आयातका लागि आयातकर्ता कम्पनीलाई खोपको आपत्कालीन दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सूचित गरेको थियो ।
सोही बमोजिक शुक्रबार भारतको सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’लाई आपतकालीन प्रयोगका लागि दिइसकिएको छ । ‘कोभिसिल्ड’ नामक कोरोना खोप अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर बनाएको खोप हो ।