कञ्चनपुरमा ट्रयाक्टर दुर्घटना
धनगढी, कञ्चनपुरमा ट्रयाक्टर दुर्घटना भएको छ । जिल्लाको पुनर्वास नगरपालिकाको वडा नम्बर २ स्थित हुलाकी सडकखण्ड अन्तर्गत धनगढी–बेलौरी सडकखण्डमा ट्रयाक्टर दुर्घटना भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उत्तरायणी पर्व मनाउन गएको से१त ६५०६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा २१ जना घाईते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता अमर थापाले बताए ।
अन्य १७ जनाको भने स्थानीय अस्पतालमै उपचार भइरहेको छ । शनिबार बेलुका ४ बजेतिरको समयमा मोतीवस्तिबाट सीमरातर्फ आउँदै गर्दा ट्रयाक्टर दुर्घटना भएको प्रवक्ता थापाले बताए। उनीहरु भकुण्डाबाट उत्तरायणी पर्व मनाएर फर्किरहेको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक सोही नगरपालिकाको वडा नम्बर ५ सिमरीका रामप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।