पिसिआर प्रयोगशालाको लागी मंगलसेन नगरपालिकाद्धारा ५ लाख सहयोग
प्रकासित मिति : २०७७ माघ ३, शनिबार १८:०२
प्रकासित समय : १८:०२
अछाम, अछामको कमलबजार नगरपालिकामा सञ्चालन गरीएको आरटि पिसिआर प्रयोगशालाका लागी मंगलसेन नगरपालिकाले ५ लाख रुपैया सहयोग गरेको छ ।मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले कमलबजार नगरपालिकाका लेखा अधिकृत शरद ढुंगानालाई रु ५ लाख रुपैयाँको चेक हस्तान्त्रण गरेका हुन ।
प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित पिसिआर परीक्षण प्रयोगशालाको स्तर उन्नतिका लागि आर्थिक सहयोग गरिएको मंगलसेन नगरपालिकाले जनाएको छ ।
यस अघि पनि उक्त प्रयोगशाला सञ्चालनका लागी ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाले १०(१० लाख रुपैयाँ सहयोग गरीसकेका छन । अहिले प्रयोगशालामा अछाम सहित बाजुरा, दैलेख जिल्लाका नागरीकहरुले कोरोना टेस्ट पिसिआर परीक्षण गरीरहेका छन