प्रचण्ड–नेपालको राजनीति बाँचिञ्जेल अध्यक्ष हुने मात्र होः प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगलाई आफ्नो काम गर्न नदिएर प्रचण्ड–नेपाल पक्षले गैरराजनीतिक र अमर्यादित काम गरेको जनाएका छन् । आयोग सधै निर्वाचनको तयारीमा रहने संस्था भएको र निर्वाचन घोषणा भइसकेको सन्दर्भमा उसले आफ्नो काम गरिरहेकाले उक्त काम रोक्ने भन्ने कुरा हुनै नसक्ने उनको भनाई रहेको छ ।
प्रदेश १ का अगुवा कार्यकर्तालाई राजधानी काठमाडौंमा सम्बोधन गर्दै प्रतिनिधि सभा विघटन भइसकेको र निर्वाचन घोषणा भइसकेको सन्दर्भमा निर्वाचन गर्न हुँदैन भनेर के गर्न खोजेको रु भनि उनले प्रश्न गरे ।उनले पुष्कमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बाँचिञ्जेल अध्यक्ष हुनका लागि मरिहत्ते गरेको आरोप लगाए ।
उनीहरुको राजनीतिक उद्देश्य सधै आफु मात्र केन्द्रमा रहनेमा मात्र सीमित बन्ने गरेको उनको ठहर छ ।उनले नेता दाहालतर्फ लक्षित गर्दै दाहाललाई कम्युनिष्ट राजनीतिको तालमा नचाउन खोजेको भए पनि असफल भएको बताए । उनले भने ‘म बजाउँछु तबेला, उ नाच्छ धामी नाच जस्तो । नेकपाका युवा नेता योगेश भट्टराई तर्फ लक्षित गरी उनले मेहनत गरेर स्थापित गरेको तर अहिले आफैलाई धोका दिएको सुनाए ।
उनले नाम भने नलिई भने ‘आफैले भोट मागेर ल्याएको, जिताई दिनुस मन्त्री बनाउँछु भनेर बाचा गरेर मन्त्री बनाएको तर एक दिन पुक्क लात्तिले हानेर भाग्यो, को भनेर हेर्दा त त्यही केटो । प्रधानमन्त्री ओलीले २०७३ को चुनावी आमसभामा ताप्लेजुङ्गमा गएर भाषणमा नेता भट्टराईलाई जिताउन र जितेपछि मन्त्री बनाउँछु भनेका थिए । उक्त कुरा स्मरण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले अब पार्टीमा अरु नयाँ युवालाई समेटेर स्थापित गराउने र अघि बढाउने समेत बताए ।