मुख्यमन्त्री राईले माघ ११ मा लगनगाँठो कस्दै

काठमाडौं, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यही माघ ११ गते पूर्व ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने भएका छन्। शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ पनि हुन् ।

ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुने लागेको राई निकट स्रोतले बताएको हो । राई र शेर्पाबीच काठमाडौंमा निकट नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुन लागेको बताइएको छ ।मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा बस्दै आएकी छन्।

ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरी सकेकी छन् ।विद्यार्थी राजनीतिबाट कम्युनिष्ट पार्टीमा स्थापित भएका राई प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता हुन् ।