काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस

तराईमा बाक्लो हुस्सु र कुहिरो

काठमाडौं, काठमाडौं उपत्यकाको आज विहानको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।उनका अनुसार आज काठमाडौं उपत्यकामा आंशिक बदली रहने छ । “आज काठमाडौं उपत्यकामा आंशिक बदली रहने छ । त्यसैले घाम पनि लाग्ने सम्भावना छ,” मौसमविद् नगरकोटीले भनिन् ।

विहान प्रदेश १ का पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । देशका तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश २, वागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकी प्रदेशमा सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।