काँग्रेश नेता देवकोटाको मृत्यु प्रति उपमेयर चलाउनेद्धारा श्रद्धाञ्जली

अछाम, नेपाली काँग्रेश अछामका नेता धर्मराज देवकोटाको मृत्यु प्रति पन्चदेव विनायक नगरपालिकाकी उपमेयर अम्विका चलाउनेले श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

शुक्रबार नेपाली काँग्रेश अछामकी युवा नेतृ समेत रहेकी उपमेयर चलाउनेले एक शोक विज्ञप्ति जारी गर्दै नेता देवकोटाको मृत्युले आफुलाई स्तब्ध बनाउनुको साथै एउटा कुशल राजिनितिज्ञ एवम् समाजसेवी व्यक्तिको देहावसानले अपुरणिय क्षेति पुगेको समेत वताएकी छन् ।

उहाँले यस क्षेत्रको सामाजिक तथा राजनीतिक क्षेत्रमा पुर्याउनु भएको योगदान सदा स्मरणिय भएको बताउदै शोकको घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समबेदना व्यक्त गरेकी छन् ।

स्वर्गिय नेता देवकोटा साविकको विनायक गाविशका पुर्व अध्यक्ष समेत हुने हुन्न । उनी हाल नेपाली काँग्रेस क्षेत्रिय समिती सदस्य समेत रहेका थिए । उनको पौष २९ गतेका दिन नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ५७ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।

यस्तो छ विज्ञप्ति