हतियार सहित पाँचजना पक्राउ
प्रकासित मिति : २०७७ माघ २, शुक्रबार १८:००
प्रकासित समय : १८:००
डोल्पा, डोल्पामा हातहतियारसहित पाँचजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३९ वर्षीय चन्द्रप्रसाद बुढा, ४५ वर्षीय मानबहादुर बुढा, २१ वर्षीय गोकर्ण बुढा, ४२ वर्षीय सूर्यबहादुर बुढा र २५ वर्षीय चन्द्ररुप केसी रहेका छन् ।
त्रिपुरासुन्दरी नगरपालिका–११ स्थित मुँ गाउँबाट २ नाल भरुवा बन्दुक, १ डिब्बा बारुद, ४५ वटा छर्रा, कस्तुरी मार्ने १४ वटा पासा, ४ वटा कस्तुरीको दाँत, बारुद भरेको २ वटा चौरीको सिङसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीचौकी त्रिपुराकोट र शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जबाट खटिएको संयुक्त टोलीले चन्द्रप्रसाद बुढासमेतको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।