सैफको ‘तान्डव’ले उठायो जेएनयूको मुद्दा

मुम्बई, अमेजन प्राइममा प्रसारण हुने वेब सिरिरज ‘तान्डव’ले खतरनाक मुद्दालाई उठाउने हिम्मत गरेको छ ।सैफ अली खानको मुख्य भूमिका रहने यस सिरिजले सन् २०१९ मा जवाहरवाल नेहरु युनिभर्सिटीमा भएको हिंसाको विषयलाई उठाएको छ । विश्वविद्यालयका विद्यार्थीहरुको पक्षमा सिरिज निर्माण गरिएको छ । जहाँ प्रहरीले पुरुष र महिला विद्यार्थीहरुलाई कुटपिट गरेको पनि स्पष्टरुपमा चित्रण गरिएको छ ।

त्यस्तै, सिरिजको सुरुमा किसानहरुको जुलुसको सिन समेटिएको छ, जहाँ एक रहस्यमय राजनीतिक शक्तिको फोन आएपछि प्रहरीले किसान जुलुसमा हंगामा मच्चाउँछन् ।

ओटीटी प्लेटफर्ममा धर्म र राजनीतिक विषयका सिरिज वर्जित मानिन्छ । यसरी खुलारुपमा राजनीतिक कालोपनलाई देखाएको यस सिरिजले कस्तो प्रतिक्रिया पाउने हो भन्ने प्रश्नचिह्न उब्जेको छ । बलिउड हंगामाबाट