नेपालमा कोरोना खोप ‘कोभिसिल्ड’लाई अनुमति
प्रकासित मिति : २०७७ माघ २, शुक्रबार १६:११
प्रकासित समय : १६:११
काठमाडौं, आपतकालीन प्रयोगका लागि नेपालमा कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’लाई अनुमति दिइएको छ ।
सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको उक्त खोपलाई आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको हो । ‘कोभिसिल्ड’ नामक कोरोना खोप अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर बनाएको खोप हो ।
यसले भारतमा पनि प्रयोगको लागि अनुमति पाइसकेको छ भने भारतमा ठुलो मात्रामा उत्पादन भैरहेको छ ।