देश भ्रष्टाचार व्याप्त छः वामदेव गौतम

काठमाडौँ, राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति सदस्यको रूपमा पहिलोपटक समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका हुन् । देशमा भ्रष्टाचार समाप्त पार्ने गरी कुनै प्रभावकारी कदम नदेखिएको उनको भनाइ छ ।

सरकारले देशमा सुशासन कायम गर्ने घोषणा गरे पनि घोषणाअनुसारको व्यवहारमा नदेखिएको उनको ठहर छ ।भ्रष्टाचार अन्त्यको निम्ति विभिन्न कानुन, नियमावली बनेको भए पनि लागू हुन नसकेको उनले बताए ।गौतमले प्रकृतिमा रहेका सबै प्राणीहरूको अन्तर्निहित सम्बन्ध नबिगारीकन विकास गर्नुपर्ने बताए ।

राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधिसभा र राष्ट्रिय सभाको मानमर्यादा र काम कारबाहीमा विभेद भएको भन्दै विभेद अन्त्यको निम्ति आफ्नो योगदान रहने जनाए ।एक सदनलाई बढी अधिकार र अर्को सदनलाई कम अधिकार दिने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।बैठकमा बोल्दै, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले कोभिड– १९ पछि बजार भाउ अत्यन्तै महँगिएको भन्दै बजार अनुगमन आवश्यक रहेको औँल्याए ।उनले सार्वजनिक यातायात सरकारले भनेअनुरूप सञ्चालन भइरहेका छन् कि छैनन् रु भन्दै त्यसको पनि अनुगमन गर्नुपर्ने माग गरे ।