शनिबार कांग्रेसले ७५३ स्थानीय तहमा सरकारबिरुद्ध प्रदर्शन गर्ने

काठमाडौं, नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध ९शनिबार० देशभर प्रदर्शन गर्ने भएको छ । देशका ७५३ स्थानीय तहमा सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शनमा उत्रिन सभापति शेरबहादुर देउवाले नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् ।

शुक्रबार जारी गरिएको एक विज्ञप्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध नेपाली कांग्रेस देशव्यापी रुपमा प्रदर्शन गरिरहेको छ । पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका छन् ।

भोलि माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अनुरोध गर्दछु । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यवद्धता प्रकट गर्न देउवाले अपिल गरेका छन् ।