राष्ट्रिय उद्धार कार्यक्रम मेचि-महाकाली यात्रा सुर्खेतमा सम्पन्न
सुर्खेत, बिरेन्द्रनगर सुर्खेतमा राष्ट्रिय उद्धार कार्यक्रम (मेचि- महाकाली) यात्रा सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय सुर्खेत, शिक्षा विकास निर्देशनालय र मानव सेवा आश्रम सुर्खेतको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।बिरेन्द्रनगर नगरपालिकाको मंगलगढि चौकमा राष्ट्रिय उद्धार कार्यक्रम(मेचि-महाकाली) यात्रामा जोडिएका सामाजिक अभियान्ताहरुलाई स्वागत र सम्मान गरी मुख्य बजार परिक्रम गर्दै सुर्खेत स्थित एक होटेलमा गएर औपचारिक कार्यक्रम गरी सम्पन्न भएको थियो ।सहयोगापेक्षी सडक मानव मुक्त राष्ट्र निर्माण एवं घोषणा बर्ष २०७८ सफल पारौँ भन्ने मुल नाराका साथ देशब्यापि रुपमा साे कार्यक्रम संचालन भएको हो । मानवियताको कुनै सिमा हुदैन , अर्काको हित एवं उपकार गर्नुनै पुण्य हो भने अरुलाई दुःख एवं सन्ताप दिनु पाप हो, मेचि-महाकाली यात्रा २०७७ , धुरु धुरु नरोउ आमा तिम्रो आँशु पुछेरै छाँडौला भनि लेखिएका प्ले कार्ड बोकेर वजार परिक्रम गरिएको थियो ।
मेचि- महाकाली यात्रा २०७७ सहयोगापेक्षी सडक मानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम लिई कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका सम्पुर्ण मानवसेवी अभियान्ताहरुलाई स्वागत एवं सम्मान मानवता प्रवद्धनका लागि आयोजित कार्यक्रममा अध्यक्षता ग्रहन शिक्षा विकास निर्देशनालय सुर्खेतका निर्देशक दिपा हमालले गरेकी थिईन् । प्रमुख अथिती कर्णाली प्रदेश सभाका सभामुख पुष्पा घर्तिले गरेकी थिईन् । बिषेश अथिती उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले गरेका थिए ।
कार्यक्रममा रामजी अधिकारी, शुशीला के सी, होमनाथ तिमल्सीना, आर्दश साहेव, ओमकार कडेँल, भवानी कडेँल, बाबुराम अधिकारी, राजन के सी, तात्तातो खवर अनलाईनका भाग्य न्योपाने, पत्रकार फुलमाया पुरी , घनश्याम भण्डारी धन बहादुर रावत , प्रत्रकार महासंघ सुर्खेतका अध्यक्ष गनेश कन्चन भारती लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो । सहयोगापेक्षी(बेसहरा,अशक्त,असहाय,अनाथ,अभिभावक विहिन, सडक आश्रित) मानवहरुको उद्धारको निम्ति थालनि गरिएको सो कार्यक्रम पुर्ब मेचिदेखि पस्चिम महाकालीसम्म रहने बताएको छ ।