मोबाइल ब्यालेन्सबाटै सामान खरिद गर्न मिल्ने व्यवस्था हुँदै
प्रकासित मिति : २०७७ माघ २, शुक्रबार ०८:५७
प्रकासित समय : ०८:५७
मोबाइल ब्यालेन्सबाटै सामान र सेवा खरिद गर्न मिल्ने गरी सञ्चालन हुन लागेको मोबाइल मनी सेवा सञ्चालन अनुमति माग्दै डिजिटल पेमेन्ट कम्पनी लिमिटेडले राष्ट्र बैंकमा निवेदन दिएको छ । यो नेखपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकले संयुक्त रुपमा स्थापना गरेको कम्पनी हो ।
संयुक्त रुपमा स्थापित कम्पनीले मोबाइल मनी सेवा सञ्चालनका लागि आवश्यक भौतिक र प्राविधिक संरचना तयार गरी अनुमति माग्दै राष्ट्र बैंकमा निवेदन दिएको हो । कान्तिपुरमा खबर छ ।