कञ्चनको गिरफ्तारीविरुद्ध विद्रोही नेकपाले सार्वजनिक गर्यो संघर्षका कार्यक्रम
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सचिवालय सदस्य तथा अन्तराष्ट्रिय बिभाग प्रमुख धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको विरोधमा संघर्ष गर्ने निर्णय गरेको छ ।
बुधवार प्रहरीले दक्षिण ललितपुरबाट बाँस्तोला सहित ३ जनालाई पक्रेको थियो । ‘कञ्चन’लाई सानेपा स्थित एनसेलको मुख्यालयमा भएको विष्फोट र सामाखुसी बम विष्फोटको घटनामा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
बाँस्तोला सहित दुईजना ब्यूरो सदस्य पक्राउको विरोधमा विप्लव नेकपाले माघ १० मा नेपाल बन्द गर्ने निर्णय गरेको छ ।
माघ ३ मा देशभर विरोध जुलुस, ५ मा विरोध सभा, माघ ७ मा विरोध प्रदर्शन र माघ ९ मा मशाल जुलुस गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । गिरफ्तारीको भर्त्सना गर्दै विप्लवले भनेका छन्–‘दमनले राज्य सञ्चालक नै समाप्त हुने ओली सरकारलाई चेतावनी दिन चाहन्छौं ।’
यस्तो छ विज्ञप्ति 

