ललितपुर किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ
प्रकासित मिति : २०७७ माघ १, बिहीबार १८:०१
प्रकासित समय : १८:०१
ललितपुर, ललितपुरकी एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बाग्मती गाउँपालिका-७ गिम्दी बस्ने ३२ वर्षीय शंकर सापकोटालाई पक्राउ गरेको छ ।
सापकोटाले मंगलबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।