विप्लव नेकपाका नेता धमेन्द्र बाँस्तोला पक्राउ
काठमाडौं, प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको छ ।उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय भिभाग सदस्य समेत रहेका बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विप्लव नेकपाका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ,भने प्रहरीले धरपकड गर्दै आएको छ ।
नेता बास्तोला सहित अखिल (क्रान्तिकारी)का केन्द्रीय महासचिव प्रकाश शाही, युवा नेता बिबेक कुमाल र विश्वाशलाई प्रहरीले गिरफ्तार गरेको बुझिएको छ।
बास्तोला विप्लव नेकपाका उच्च तहका नेता मध्य एक हुन् । यो भन्दा हेमन्त प्रकाश वलि ‘शुदर्शन’, भरत बम ‘रणबिर’, चद्र बहादुर चन्द’बिरजंग’, अोम प्रकाश पुन, माइला लामा, अनिल शर्मा’विरही’ चुढामणी वलि’आदर्श’ लगायतका लगायत हजारौंको संख्यामा नेता तथा कार्यकर्ता प्रहरी हिरासतमा छन् ।