नेपालमा थप ४४५ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ४४५ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४४५ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ ।पछिल्लो २४ घण्टामा ४१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५९ हजार ७७२ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ३७ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ४ हजार ४३४ रहेको छ ।