किश्मा खड्काको नेतृत्वमा प्रथम जिल्ला भेला आयोजक समिति गठन
वुटवल, पत्रकार विद्यार्थी संगठन पाल्पा जिल्ला समितिको दोस्रो पुर्ण बैठकले किश्मा खड्काको नेतृत्वमा प्रथम जिल्ला भेला आयोजक समिति गठन गरेको छ । उक्त वैठकले निर्माण गरेको समिति ११ सदस्यीय रहेको छ जस अन्तर्गत संयोजकमा किश्मा खड्का सदस्यहरुमा सोभा सारु,सुजाता थापा,कुल बहादुर दर्लामि,टेकम थापा,सरिता दर्लामि,लक्ष्मी दर्लामि,विवेक थापा,शंकर कनौजे,सुमन गाहा आदि रहेका छन् । साथै २०७७ फागुन १४ गते प्रथम जिल्ला भेला भब्यताका साथ तानसेनमा सम्पन्न गर्ने समेत निर्यण गरेको छ । बैठकको अध्यता तथा संचालन टेक बहादुर दर्लामिले गरेका थिए । उक्त बैठकमा संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेको पनि उपस्थिति रहेको थियो । बैठकमा प्रशिक्षण मुलक मन्तव्य राख्दै भर्खरै भारतीय टेलिभिजन जि टिभीबाट प्रसारित नेपालको सगरमाथा भारतले दावि गर्नुपर्छ तथा भारत निर्माणका लागि पत्रकारिता गर्नुपर्छ भन्दै रिपोर्टिङ गर्ने सम्पादक सुधिर चौधरिको न्युजमा आपत्तिजनक रहेको बताए ।
साथै उनले उक्त टेलिभिजनबाट पटकपटक नेपालको राष्ट्रियतामाथि प्रहार हुने र विवादास्पद न्युजहरु प्रसारण भईरहेकोले उक्त टेलिभिजन र पत्रकारहरुलाई नेपाल प्रवेश निषेध र सधैका लागि प्रतिबन्ध लगाउन सरकारसंग माग गरेका छन् । अझै सरकारले त्यस्ता टेलिभिजनबाट प्रधानमन्त्री निवासमै प्रवेश दिएर अन्तर्वार्ता दिनु र लगत्तै सगरमाथाको बेस क्याम्पबाट उक्त कुरा रिपोर्टिङ लाईभ प्रसारण गरिनु पनि आश्चर्य चकित र रहस्यमय रहेको बताएका छन् । त्यसैले त्यस्ता राष्ट्रघातका विरुद्धमा लाग्ने मिडियालाई अन्तर्वार्ता नदिन तथा न्युज प्रसारणमा तुरुन्तै प्रतिबन्ध लगाउन समेत माग गरेका छन् ।
उनले आज बिहानै संगठनको केन्द्रीय समितिको तर्फबाट एक प्रेस वक्तव्य सार्वजनिक गरि आपत्ति र खेद प्रकट गरेका थिए । उक्त वक्तव्यमा भनेका थिए सम्पूर्ण राष्ट्रवादि संचार कर्मि,मिडिया कर्मि पत्रकार विद्यार्थीहरुलाई वैचारिक एवम् सम्पादकीय प्रतिरोध गर्न समेत अपिल गरेका छन्