राम्रो काम गर्न अवरोध गरेको एउटा मात्र उदाहरण दिनुस्ः प्रचण्ड

काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले सरकारलाई राम्रो काम गर्न नदिएको एउटा मात्र उदाहरण देखाउन चुनौती दिएका छन् ।

बुधबार बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीले सरकारका काममा अवरोध गर्‍यो भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आरोपको खण्डन गर्दै यस्तो चुनौती दिएका हुन् ।सरकारले गर्न खोजेको राम्रो काममा पार्टीले अवरोध गरेको एउटा मात्र उदाहरण दिन म केपी ओलीलाई चुनौती दिन चाहन्छु ।

प्रचण्डले भने बरु पार्टीले राम्रो काम गर्नुस् भन्दा ओलीले उल्टोउल्टो काम गरेको उनले बताए ।यसअघि प्रचण्डले आफूहरू कमेडियन सो देखाउन नबसेको बताएका छन् । हामी यहाँ कमेडियन सो देखाउन र उत्तेजित बनाउन आएको होइनौँ।, प्रचण्डले भने, केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको कदमविरुद्ध हामी एकजुट भएका हौँ ।