प्रचण्डले दिए ओलीलाई जोकरको संज्ञा
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक ‘जोकर’को संज्ञा दिएका छन्। बुधबार बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, साथीहरू त पोलिटिकल जोकरजस्तो लाग्छ। केपी ओलीले राजनीतिक जोकरपन देखाउनुभयो। जोकरका पछाडि कोही पनि लाग्दैनन्।
उनले ओलीलाई राम्रोसँग ऐना हेर्न पनि भनेका छन्। पार्टीमा हुँदा आफूहरूले सरकारलाई काम गर्न नरोकेको उनको दाबी थियो। केपी शर्मा ओलीले भारतीय न्युज टिभी च्यानल जी न्युजलाई दिएको अन्तर्वार्ता नाटकमात्रै भएको बताएका छन् । ओलीको राष्ट्रवाद भारतीय गुप्तचरका प्रमुखसँग रातीराती भेट गरेबाटै प्रष्ट भएको बताएका छन् ।
उहाँलाई विदेशी शक्ति आएर के के मन्त्र सुनाए त्यो थाहा भएकै हो । अहिले जी न्युजलाई उहाँले दिएको अन्तर्वार्ता पनि हेर्यौँ त्यो नाटकै हो । त्यसको पटाक्षप नै भैसकयो’, प्रचण्डको भनाइ रहेको थियो । उनले ओलीले जुन च्यानलाई अन्तरवार्ता दिएको सोही च्यानलले सगरमाथाको नामै फेर्ने सम्मको समाचार दिएको भन्दै ओलीलाई प्रश्न समेत गरेका छन् ।