कोरोना खोप किन्नको लागि सरकारले माग्यो पैसा

काठमाडौं , सरकारले कोरोनाभाइरसविरुद्धको खोप खरिद गर्न रकम आवश्यक परेको भन्दै आर्थिक सहयोग गर्न आग्रह गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोभिड खोप निःशुल्क वितरणका लागि ठूलो रकम आवश्यक पर्ने हुँदा विदेशी दातृ निकाय, विभिन्न व्यावसायिक एवं सामाजिक संघ-संस्था तथा परोपकारी संस्थाहरुलाई खोप कोषमा रकम जम्मा गरिदिन आग्रह गरेको हो ।

कोरोना खोप कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षासमेत गरिने मन्त्रालयले जनाएको छ। राष्ट्रिय वाणिज्य बैंकमा रहेको खोप कोषको खाता नं। १७००१००१०२०६०००० मा रकम जम्मा गर्न सकिने मन्त्रालयले जनाएको छ ।